
हेटौंडा । हेटौंडा–१०,स्थित तुल्सी मेहर मेमोरियल इंग्लिस सेकेण्डरी बोर्डिङ्गमा नयाँ विद्यार्थीको नेतृत्वन चयन गर्नका लागि निर्वाचन हुँदैछ । विद्यार्थीलाई निर्वाचन सम्बन्धी शिक्षा प्रदान गर्न र नयाँ राम्रो विद्यार्थीको नेतृत्व चयन गर्नका लागि निर्वाचन प्रक्रिया गर्न लागेको तुल्सी मेहत बोर्डिङ्गका समाजिक शिक्षक तथा प्रमुख निर्वाचन अधिकृत सन्दीप न्यौपानले जानकारी दिएका छन् । भोलि शुक्रबार स्कूल क्याप्टन, सहायक क्याप्टेन, सदन क्याप्टेन र उपक्याप्टेनका लागि मतदान हुने प्रमुख निर्वाचन अधिकारी सन्दीप न्यौपानेले बताए ।
स्कूल क्याप्टेनका लागि कक्षा–१० को निलो सदनबाट अनुराग विश्वकर्मा, कक्षा–९ को हरियो सदनबाट जोनिशा लोप्चन र कक्षा–९ को रातो सदनबाट सहिमा गुरुङ्गले उम्मेद्वारी दर्ता गराएका छन् । स्कूल सहायक क्याप्टेन पदका लागि कक्षा–१० को निलो सदनबाट रुबेन रुम्बा र कक्षा–१० को हरियो सदनबाट हरसिना लम्सालको उम्मेद्वारी परेको छ । सदन क्याप्टेनमा कक्षा–१० को हरियो सदनबाट कुनसाङ घलाा, कक्षा–९ बाट कुशल गोलेको उम्मेद्वारी परेको छ भने सरियो सदनबाट सहायक क्याप्टेनमा दिप्ती क्षेत्री सर्वसम्मत निर्वाचित भएकी छिन् ।
रातो सदनबाट क्याप्टेनमा कक्षा–९ बाट डेलिश लामा, कक्षा–१० बाट अस्विना राइ र कक्षा–९ बाट कृषा लामाको उम्मेद्वारी परेको छ । रातो सदनबाटै कक्षा–८ का प्रकृति मुक्तान सर्वसम्मत निर्वाचित भएकी छिन् । निलो सदनबाट क्याप्टेनमा कक्षा–९ की नवीना गुरुङ, कक्षा–९ बाटै नमुना भोम्जन र समृद्धि पराजुलीको उम्मेद्वारी परेको छ । निलो सदनबाट सहायक क्याप्टेनमा कक्षा–८ बाट नरसाङ लामा र कक्षा–८ का उर्गेन लोप्चनको उम्मेद्वारी परेको छ । पहेँलो सदनको क्याप्टेनमा कक्षा–९ काश्रेयङका सिलवाल र कक्षा–१० की युशिका कोइरालाको उम्मेद्वारी परेको छ । पहेँलो सदनबाटै सहायक क्याप्टेनमा आयुष पटेलको कक्षा–८ बाट र मिनसाङ लामाको उम्मेद्वारी परेको छ ।
विद्यार्थी नेतृत्व चयनका लागि कक्षा–२ देखि कक्षा–१० सम्मका करिब ८ सय १० जना विद्यार्थी मतदान गर्ने उनले बताए । बोर्डिङ्गमा बिहान १० बजेबाट मतदान कार्यक्रम सुरु भएर २ बजेसम्म मतदान सम्पन्न गरेर मतगणना सुरु गर्ने उनले बताए । विद्यार्थीलाई निवाचनको बारेमा बुझाउनका लागि आम निर्वाचनको तरिकाले उम्मेद्वारी दर्ता गराएको उनले बताए । प्रत्येक कक्षाबाट भोट माग्नका लागि २ दिनको समय छुट्याएको र मौन अवधी कार्यक्रमको पनि आयोजना गरेको उनले बताए । बुधबारबाट निर्वाचन सम्बन्धी सम्पूर्ण प्रचार प्रसारण स्थगित गरेर मौन अवधी सुरु गरेको उनले बताए । महिला, पुरुष र सदन अनुसार मटपेटिकाको व्यवस्था गरेर आम निर्वाचनको ढंगबाट निर्वाचन कार्यक्रम हुने उनले बताए ।
विद्यार्थीलाई मतदान सचेत नागरिकको कर्तव्य हो भन्ने कुरा बुझाउन, राम्रो विद्यार्थीको नेतृत्व चयन गर्न र प्रजातान्त्रिक कुराको बारेमा बुझाउन कार्यम गर्न लागेको उनले बताए । कक्षागत रुपमा शिक्षक र विद्यार्थीले मतदान गर्ने विषयमा जानकारी गराएको उनले बताए । स्कूलमा अध्ययन्तर मध्ये ७० प्रतिशत विद्यार्थीले निर्वाचनको बारेमा बुझ्ने उनले बताए । प्रत्येक विद्यार्थीसँग १ सय २० रुपैयाँको दर्ता शुल्क लिएर निर्वाचन सम्बन्धी आचार संहित लागू गरेर मनोनयन दर्ता गराएको उनले बताए । निर्वाचनका लागि उम्मेद्वार, मतदान अधिकृत, सहायक अधिकृतको, मतगणना अधिकृत र सहायक मतगणना अधिकृतको व्यवस्था गरिएको उनले बताए । क्याप्टेन, सहायक क्याप्टेनमा निर्वाचित भएपछि पद तथा गोपनीयताको सपथ ग्रहण गराइने र निर्वाचित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्