गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिनपछि सरेको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन चैत १० र ११ गते हुने भएको छ ।

एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना जारी विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मधयनजर गरी चैत १० र ११ गते (मार्च २४–२५)मा हुने जनाएको छ ।

सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको सूचनामा लेखिएको छ ।

त्यस्तै समितिले निर्वाचन कार्यतालिका संशोधन गरेको छ । संशोधित कार्यतालिकामा मार्च १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशित गर्ने र सोही दिन उम्मेदवारीविरुद्ध दाबी विरोध गर्ने रहेको छ । मार्च १३ मा उम्मेदवारहरुको मनोनयपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र उम्मेदवारहरुको दोश्रो नामावली प्रशकाशित गर्ने कार्यतालिका रहेको छ ।

कार्यतालिका अनुसार मार्च १३ मै उम्मेदवारले आफ्नो मनोनयन पत्र फिर्ता लिने, मार्च १४ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मार्च २४ मा मतदान गर्ने रहेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो