नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले इरानमा हुने डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा चुनौती प्रस्तुत गर्ने भएकी छिन्।

सिर्जनाले इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के–४४ विधाको महिला ५२ केजीमुनि नेपालको तपफ बाट चुनौती प्रस्तुत गर्न लागेकी हुन्। सिर्जनाको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। सिर्जनको ‘डेब्यु’ प्रतियोगिता भने केही महिनाअघि बहराइनको मानामामा सम्पन्न चौथो एसियाली पारा युथ गेम्स हो।

त्यसमा सिर्जनाले नेपाललाई रजत पदक दिलाएकी थिइन्। सन् २०१८ मा सिर्जनाले पारा तेक्वान्दो खेल्न सुरु गरेकी हुन्। तेहरानमा हुने प्रतिगोगितामा एक खेलाडीसहित नेपालको दुई सदस्यीय पारा तेक्वान्दो टोली सहभागी हुँदै छ।

त्यसका लागि बिहीबार दुई सदस्यीय टोलीको बिदाइ गरिएको छ। सिर्जनाको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन्। पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा लामाको पाँचौं प्रतियोगिता हो। विगतका चारमध्ये तीनमा नेपाल पदक जित्न सफल भएको छ। टोकियो पारालम्पिक–२०२१ मा भने नेपाल पदकनजिक पुगेर चुकेको थियो। यद्यपि, उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले दुई बाउट जितेर इतिहास रचेकी थिइन्। प्रतियोगिताले एसियाली खेलाडीको वरीयता निर्धारण गर्ने प्रशिक्षक लामाले बताए। टोली शुक्रबार प्रस्थान गर्दै छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो