
हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल विकास नगर समन्वय समितिको २५ औं स्थापना दिवस मनाइएको छ । टोल विकासका नगर अध्यक्ष ध्रूवप्रसाद अधिकारीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा २५ औं स्थानमा तथा रजत जयन्ती मनाइएको हो । स्थानमा दिवसको अवसरमा आयोजित कार्यक्रममा एकलाख रुपैयाँको “स्व. रमेश रत्न स्थापितको स्मृति अक्षयकोष” घोषणासँगै, टोल विकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा विधान समेटेर टोल विकासको विकास स्मारिका विमोचन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय रमेश रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको “स्व. रमेश रत्न स्मृति सम्मान”–२०८२ बाट यसवर्ष चन्द्रशेखर ढुंगाना (हेटौंडा–२) लाई प्रदान गरिएको छ ।
सामाजिक नेतृत्व, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने टोल विकासका संस्थापक हेटौंडा–१ का उत्तम प्रसाद पौडेल र वेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तीर्थ देवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञान बहादुर थापा र उमा राई, हेटौंडा–६ का श्याम प्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाईवा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्द प्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरीएको छ ।
वडा–१ बाट चेतनशील टोल विकास संस्था, वडा–२ बाट सिद्धार्थ टोल विकास संस्था, वडा न–३ बाट वसाहा महादेव टोल विकास संस्था, वडा न–४ बाट वुद्ध टोल विकास संस्था, वडा न–५ बाट ज्ञान दिप टोल विकास संस्था, वडा–६ बाट गुप्तेश्वरी टोल विकास संस्था, वडा न–७ बाट किरणचोक टोल विकास संस्था, वडा–८ बाट कालिकामाई टोल विकास संस्था, वडा न–९ बाट प्रगति टोल विकास संस्था, वडा–१० बाट नमुना टोल विकास संस्था, वडा–११ बाट कृष्ण मन्दिर टोल विकास संस्था, वडा–१२ बाट सुनौलो टोल विकास संस्था, वडा–१३ बाट पध्म विनायक टोल विकास संस्था, वडा–१४ बाट कालीदेवि टोल विकास संस्था, वडा–१५ बाट सानो सुकौली टोल विकास संस्था, वडा–१६ बाट पुर्वेली दमार टोल विकास संस्था, वडा–१७ बाट डिपुचौरू टोल विकास संस्था, वडा–१८ बाट भुटनदेवी टोल विकास संस्था, र वडा–१९ बाट तपोवन टोल विकास संस्थालाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता, महिला तथा युवा सशक्तिकरण जस्ता मापदण्डका आधारमा उत्कृष्ट संस्थाहरूलाई प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
समारोहले टोलस्तरीय सामाजिक उत्तरदायित्व, सहभागिता, वातावरणीय सचेतना र समुदायको नेतृत्वलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको छ । नगरभरिका टोलहरूको प्रतिनिधित्वसहित सम्पन्न कार्यक्रमले संस्थाको २५ वर्षे योगदानको समीक्षा गर्दै सम्मान, समर्पण र सहकार्यको भावनालाई थप सशक्त बनाएको छ । नगर प्रमुख लामाले टोलस्तरमा भएको सहभागिता, सचेतना र सेवा भावनाले नै समावेशी र सक्षम स्थानीय शासन सम्भावना बढाउने बताइन् । टोल विकास संस्थाहरुले हालसम्म नगरको सामाजिक परिवर्तन र रुपान्तरणमा खेलेको भूमिकाको बारेमा बताइन् ।
अध्यक्ष अधिकारीले २०५६ सालको असार १४ गते नेपालमा पहिलो पटक हेटौंडाबाट सुरु गरिएको टोल विकास अभियान आज २५ वर्षको यात्रा पुरा गरेको बताए । समाज रूपान्तरणको आधार, सहकार्य र समर्पणको प्रतिक टोल विकास संस्थाको अभियानलाई अझै मजबुत बनाउँदै लैजाने विश्वास दिलाएका थिए । सफा, हरित, सुरक्षित र समुन्नत नगर बनाउने अभियानमा टोलहरूको निरन्तर सक्रियता रहेको जानकारी गराउँदै रजत जयन्तीको सन्दर्भमा सम्मानित सम्पूर्ण अग्रज टोल विकासकर्मीहरू, पुरस्कृत टोल संस्थाहरू, सम्मानित व्यक्तित्वहरू र समस्त सहभागी टोल विकास अभियन्तालाई बधाई तथा शुभकामना व्यक्त गरे । टोल विकास संस्थाको अभियानलाई अझ सशक्त बनाउनका लागि सामाजिक कार्यमा सहयोग पुर्याउने अपेक्षा सहित संस्थापक अध्यक्ष स्वर्गीय रमेश रत्न स्थापितको नाममा एकलाख रुपैयाँको“स्व. रमेश रत्न स्मृति अक्षयकोष” घोषणा गर्नुभयो ।
कार्यक्रममा वडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, ११ का वडा अध्यक्ष जुना दाहाल, सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरू डा.बलराम भट्ट, प्रताप विष्ट, ज्ञानबहादुर थापा, राजु अधिकारी, जगन्नाथ सापकोटा, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, समाजसेवीहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्