रोशन दिप – हेटौडामा मकवानपुर जिल्ला तेक्वान्दो सघंको तेस्रो वार्षिक साधारण सभा भएको छ ।
मकवानपुर जिल्ला तेक्वान्दो सघंका अध्यक्ष लालकाजि रत्न बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रम हेटौंडा १० का वडाध्यक्ष फूर्वादोर्जे लामाको प्रमुख आतिथ्यता भएको हो।
सचिव ओम लामाले सञ्चालन गरेका सो कार्यक्रममा कोषाध्यक्ष रविन्द्र डङ्गोलले गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्ष सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
राष्ट्रिय खेलकुद परिषदका राखेपा सुचना बिभाग प्रमुख राजन दाहाल खुशराज, वडा १० का सदस्य ईश्वर प्रसाद मैनाली, बागमति प्रदेश खेलकुद विकाश परिषदका निर्वतमान सदस्य माधव तिमल्सिना, निवर्तमान जिल्ला खेल्कुद विकास समितिका अध्यक्ष भेश खड्गी र जिल्ला खेलकुद विकाश समिती मकवानपुरका पूर्व अध्यक्ष सानु लामा दोङ लगायतको उपस्थिती रहेको हो ।
प्रतिक्रिया दिनुहोस्