जनकपुरधाममा सिके राउत नेतृत्व जनमत पार्टीका ७ जना कार्यकर्ताहरुहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानबाट ७ जना कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा किसानलाई मलको अभाव भएको भन्दै मतदान स्थलमा सिके राउत नेतृत्वको कार्यकर्ताहरुले लफडा गरेका थिए ।

कार्यकर्ताहरु बाँसको भाँटासहित मतदान स्थल प्रवेश गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

बिहानैदेखि खाध देऊ अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा पार्टीका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा तोडफोड भएको र पक्राउ परेकाविरुद्ध कानून अनुसार मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीको अनुसार झडपको क्रममा प्रहरी तर्फ चार जना समेत घाइते भएका छन् ।