मकवानपुर/ आगामी फागुन – २१ गते हुन गएरहेको प्रतीनिधी सभा निर्वाचनमा मकवानपुर क्षेत्र -१, का उम्मेदवार तेज प्रसाद उप्रेती (रमेश) मतदाता मेटघाट क्रमलाई बढाएरहेका छन् ।
प्रगतिशील लोकत्रान्त्रिक पार्टी (प्रलोपा ) तर्फबाट मकवानपुर क्षेत्र – १ को उम्मेदवार बनेपछि आफु विजयी भएमा गर्ने काम कार्वाही सहितको एजेण्डा बोकेर घरदैलोमा व्यस्त देखिएका छन् ।
सोहीक्रममा प्रलोपाले चुनाव प्रचार प्रसार शौली अन्य पार्टीको भन्दा फरक गर्ने र आफुले गर्ने कामको मात्र बाचा गर्ने जनाइरहेको छ ।
जनताको काम गर्न जाने भएकाले देखावटी र तडकभडक तरिकाले जनता नै भ्रमित पार्ने प्रचार नगर्ने बताइएको हो ।
यसैक्रममा कोरिया रिटर्नीहरुको साझा संस्था अङ्कुर नेपाल मकवानपुरले शनिबार मिट एण्ड ग्रेट कार्यक्रमको आयोजना गर्दै पार्टी विचार आस्था जहाँ भएपनी प्रवासीको पीडा अनुभव,सामाजिक योगदानको आधारमा नेतृत्व गर्ने क्षमता तेजप्रसाद रहेको उल्लेख गरिएको छ ।
हेटौडाको होटल ब्रान्डमा आयोजित कार्यक्रममा मकवानपुर क्षेत्र नं – १ का उम्मेदवार तेज प्रसादलाई एक ढिक्का भएर सघाउने उदद्घोष गरेका हुन्।
कोरियाबाट रिटर्न भएका र कोरियामा रहेका र प्रवाशमा रहेका मकवानपुरवासी श्रमिक र प्रवासीको आवाज उठाउन सक्ने व्यक्ति तेज प्रसाद नै भएको अध्यक्ष किशोर डंगोलले बताएका हुन् ।
जिल्लाको समग्र विकासको लागि मन देखि मत दिएर विजय गराउन मेरो एक भोट उद्घाटन स्वरूप भन्दै नेतृत्वदायी भूमिकामा सफल व्यक्तीलाई पठाउनुपर्ने उल्लेख गरे ।
उक्त कार्यक्रममा मकवानपुर कोरिया मञ्चका पूर्व अध्यक्ष शम्भु पुडासैनी, संस्थापक अध्यक्ष श्री कृष्ण ढकाल, आरिराङ कोरियन ल्याङ्ग्वेज सेन्टरका सञ्चालक सुबेन्द्र मुक्तान र टुडल language सेन्टरका सञ्चालक हिरालाल स्याङतान अंकुर नेपालका सचिव माधव सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
























प्रतिक्रिया दिनुहोस्