नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए। उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए। उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए।

महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए। चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी रहेको उनले बताए।

महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बतए।यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो