कार्यक्रममा सहभागी अधिवक्ताहरु ।

हेटौंडा ।  उच्च अदालत बार एसोसिएसन हेटौंडाले कानुनको शासन, न्याय, कानुन व्यवसायी र सरोकार वालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार मकवानपुर जिल्ला बार एसोसिएसनको समन्वयमा हेटौंडा–२,स्थित बार एसोसिएसन हेटौंडाको सभा हलमा अन्तरक्रिया कार्यक्रमको गर्दै कानुन दिवस मनाइएको हो । बार एसोसिएसनका अध्यक्ष मन प्रसाद भट्टराइको अध्यक्षतामा वरिष्ठ अधिवक्ता सूर्यचन्द्र न्यौपानको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको उद्धाटन भएको हो ।

अन्तरक्रिया कार्यक्रममा कानुन दिवस विषयक कार्यपत्रको प्रस्तुतीकरण अधिवक्त केशव प्रसाद गौतमले गरेका छन् । सहन्यायीधिवक्ता इश्वरी ढकाल, जिल्ला न्यायीधिवक्ता विनोद पौडेल, जिल्ला बारका अध्यक्ष उत्तम कुमार बस्नेतको आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई बारका सचिव सुजन तिमल्सिनाले सहजीकरण गरेका थिए ।

कार्यक्रम समापन पछिको सामूहिक तस्वीर ।