नेपाली काङ्ग्रेस १४ औं जिल्ला अधिवेशनमा मकवानपुरको सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले मकवानपुरलाई काङ्ग्रेस किल्ला बनाउने बताएका छन् ।

आज हेटौंडामा गरिएको उम्मेदवारीघोषणा तथा भेटघाट कार्यक्रममा बोल्दै पराजुलीले काङ्ग्रेसलाई बलियो बनाउन र जनताले गरेको विश्वासलाई कुठाराघात गर्न न दिनकालागि उम्मेदवारी दिएको बताए ।

जनताको पक्षमा रहेर काम गर्ने मात्र नेपाली कांग्रेस भएको र आफुले जनताकै इच्छा अनुसारै काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापतीमा निर्वाचित गराउन अनुरोध गरे ।

प्रतिनिधिसभा क्षेत्र १ का सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश क्षेत्रका सभापति, हेटौंडा उपमहानगर सभापति, गाउँपालिकाका सभापति, वडाका सभापतिहरुका साथै प्रतिनिधि मतदाता, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।