नेपाल सितोरियो कराते संघको हेटौंडा उपमहानगर कमिटी गठन भएको छ।

संघका मकवानपुरका अध्यक्ष विकास बाँनियाको सभाध्यक्षतामा कार्यक्रमको आयोजना गर्दै  गठन कमिटीको अध्यक्षमा दामोदर दहाल चयन भएका छन् ।

हेटौँडा-४ स्थित परिजातपथमा रहेको बहुद्देशिय कभर्ड हलमा रहेको माहासंघ गठित कमिटीको उपध्यक्षमा प्रशानत पाठक, सचिव विकास श्रेष्ठ, कोषाध्यक्ष प्रमिला तामाङ ठकुरीलाई चयन गरिएको छ।

त्यस्तैगरि सदस्यमा डेबीट बहादुर तामाङ , दिवस तामाङ , राजेन्द्र राज लो, समर न्यौपाने , राजन राना मगर , दिपक लामा, रुपम लामा चयन भएका हुन् ।

मकवनपुर जिल्ला कराते प्रशिक्षक तकेन्द्र मान श्रेष्ठ, मुकुन्द मान श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र नगर भित्रका विभिन्न कराते डाेजाेबाट कराते प्रशिक्षक तथा खेलाडीहरु सहितको उपस्थितीमा कमिटी गठन गरिएको हो।

सोहिक्रममा हेटौंडा उपमहानगरबाट जिल्ला प्रतिनिधीहरुकालागि दिपक लामा , रुपक लामा , प्रमिला तामङ ठकुरी , दामोदर दहाल, विकास श्रेष्ठहरु ५ जना छ्नौट गरिने भएको छ।