हेटौंडा । कमाने राइडर्स हेटौंडामा जारी चौथों संस्करणको कमाने प्रिमियर क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कमाने क्रिकेट क्लबको आयोजनामा हेटौंडा-८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा कमाने रोयल्सलाई ८ विकेटले हराउँदै कमाने राइडर्स उपाधि नजिक पुगेको हो ।
प्रतियोगितामा सहभागी भएका ८ वटा टिममध्ये कुनै पनि टिमले लिग चरणमा अपराजित यात्रा पूरा गर्न नसक्दा पहिल्यै फाइनल पुग्ने टिम टुंगो लगाउन सकिएको थिएन। यद्यपि लिगको अन्तिम खेलको दिन आज एउटा फाइनलमा पुग्ने टिमको टुंगो लागेको छ ।
पहिले व्याटिङ गरेको कमाने रोयल्सले १५ ओभरमा ७९ रन बनाउँदै अल आउट हुन पुगेको थियो । कमाने रोयल्सबाट निश्चल रोक्काले २९ बलमा सर्वाधिक ४८ रन बनाएका थिए ।बलिङ्गतर्फ कमाने राइडर्सका नवि आलमले सर्वाधिक ३ विकेट लिए । विपुल खनाल र विष्णु राउतले २/२ विकेट लिए ।
जवाफी व्याटिङ गरेको कमाने राइडर्सले १२ ओभरमा २ विकेट गुमाएर कमाने रोयल्सले दिएको रनको लक्ष्य भेट्टाएको थियो । विष्णु राउतले ३२ बलमा ३७ रन र राम नरेश गिरीले २८ बलमा २१ बनाए । कमाने रोयल्सका राजेश पराजुली र भुवन थापाले मात्र १/१ विकेट लिए । खेलको म्यान अफ द म्याच विष्णु राउत घोषित भएका छन् । लिगको ५ खेल खेलेर ४ जीत निकाल्दै कमाने फाइनको यात्र तय गर्ने पहिलो क्लब हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि हेटौंडा स्कूल अफ म्यानेज मेन्ट मुख्य प्रयोजक रहेको छ ।














प्रतिक्रिया दिनुहोस्