अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा आइताबार प्रहरीले रबरको गोली चलाएको छ ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णय गलत भयो भन्दै प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए ।

काठमाडौं बानेश्वर क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको थियो । विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरीले रबरको गोली चलाएको हो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास पनिप्रहार गरेको थियो ।

प्रर्दशनकारीले अटेर गरेपछि प्रहरीले रबरको गोली पनि चलाएको हो । ।

फोटो गुगल