अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णय गलत भयो भन्दै बिभिन्न पार्टी र दलले सडक आन्दोलन गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसिसी सम्झौता कार्यसूचीमा समावेश गरेका विषयमा फरक धारणा राखेका छन् ।

यसै बिच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताएका छन्।

उनले विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन नसकिरहेको र राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयाममा प्रभाव परिरहेको अवस्था रहेको बताए ।

राष्ट्रिय महत्वका विषयवस्तुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गर्ने सापकोटाको तर्क छ ।

सदनमा छलफलको वातावरण बनाउन सहयोगको अपेक्ष रहेको अपिल गर्दै दलका शीर्ष नेता, कानुनविद्, सञ्चारक्षेत्र लगायतका व्यक्तित्वहरुको भावनाको कदर गर्दै सम्झौता छलफलका लागि सदनमा पेस गरिएको बताएका हुन् ।।