रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा भोली भदौ ८ गते शुक्रबार देखि दुइ नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ तथा एउटा हिन्दी चलचित्र ‘ड्रिम गर्ल–२’ एकैसाथ प्रदर्शनमा आउँदै छन् ।
अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी स्टारर फिल्म ‘जय हो’को चर्चा र स्टारकास्टलाई मध्यनजर गर्दा फिल्मले सुखद व्यापार गर्न सक्ने सक्ने देखिन्छ ।
सुरज ल्वागन र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनसहित माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय छ । शोभित बस्नेत फिल्मका प्रस्तुतकर्ता हुन् । सलोन सलिना फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।
मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको चलचित्र ‘महानगर’ वान नाइट इन काठमाडौँले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।
लेखक तथा निर्देशक मोहन राईको अनुसार सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको छ। निर्देशकले आफ्नै अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतार्ने सोचले तयार गरेको चलचित्रमा विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरिएको छ।
चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन् ।
बलिउड अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको सिनेमा ‘ड्रिम गर्ल–२’मा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् ।
फिल्ममा उनी आफ्नो बुबाको ऋण तिर्न र पैसा कमाएर प्रेमिकालाई विवाह गर्न डान्सर पूजाको अवतारमा प्रस्तुत हुन्छन्। राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ड्रिम गर्ल २ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।
आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय छ।
आयुष्मान खुराना र भूमि पेडनेकरको मुख्य भूमिका रहेको फिल्म ड्रिम गर्ललाई दर्शकले रूचाएका थिए। फिल्म बक्स अफिसमा हिट सावित भएको थियो। अब यी ३ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्