रोशन दिप – एनएस सिनेमा हल हेटौडामा चैत १५ गते बुधबार देखी बलिउड सिंघम अजय देवगनको बहुप्रतीक्षित मुवी ‘भोला’ प्रर्दशनमा आउदै छ ।

बलिउड सुपरस्टार अजय देवगनको नेपालमा जबर्जस्त क्रेज रहेको कारण मुवी प्रदर्शन हुँदा केही दिन त हलमा महोत्सव नै लाग्ने जस्तो छ । त्यसैले उनको मुवी ‘भोला’ले नेपाली हलमा गजबको आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

एक्सन थ्रीलर जनरामा बनेको मुवीमा भरपूर एक्सन दृश्य समावेश गरिएको छ । अजय देवगन आफैले निर्देशन गरेका मुवी भएकै कारणले होला उनका फ्यानमाझ यसलाई लिएर ब्यापक पर्खाइ थियो ।

मास विथ क्लासको कम्बीनेशन बताइएको मुवीको कलाकारहरुमा अजय देवगन, तब्बु, संजय मिश्रा, दिपक डोब्रीया, गजराज राव, शरद केल्कर जस्ता खतरनाक अभिनयका माहारथीहरु छन् ।

मुवीले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिएको छ। टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।