रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा माघ १८ गते शुक्रबार देखि प्रदिप खड्काको नेपाली मुवी ‘एक्टर : टेक वान’ र साहिद कपुरको हिन्दी मुवी देवा प्रदर्शन हुँदै छ ।

चक्लेटी हिरो प्रदिप खड्कालाई निर्माण टिमले सुपरस्टारको ट्याग दिएका कारणले पनि यो मुवीको चर्चा भइरहेको छ । राजन भुसालले निर्देशन गरेको ‘एक्टर स् टेक वान’ को निर्माण थमन भण्डारीले गरेका हुन् भने फिल्मले राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।

प्रदीप खड्काको मुख्य भुमिका रहेको मुवीमा आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत, राजबल्लभ कोइराला,लगायतको अभिनय देख्न सकिन्छ ।

 

बलिउड अभिनेता शाहिदको एक्सन देख्न सकिने फिल्म देवामा पूजा हेगडे, प्रवेश राणा, पावेल गुलाटी, कुब्रा सैत लगायत को अभिनय रहेको छ । रोशन एन्ड्रयूज द्वारा निर्देशित एक्सन थ्रिलर मुवीका निर्माता केआर बन्सल हुन् ।

अब यी २ मुवी मध्ये बक्स अफिसमा कसले बाजी मार्लान त्यो त समयले नै बताउँ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मनपर्ने मुवी हेर्न न छुटाउनु होला । टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-९५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक माधव रिमालले बताए ।