नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भन्नुभयो, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो