मकवानपुरगढी गाउँपालिकामा भेटिएको ब्यान्डेट करेत (लक्ष्मी) नाग सर्प हो ।

हेटौंडा । आज मंगलबार नागको पूजा गर्दै नाग पञ्चमी मनाइँदै छ । धार्मिक शास्त्र अनुसार हरेक घरको मूल ढोकामा नागको फोटो टाँसेर नागको पूजा आराधना गरेर नागपञ्चमी मनाइन लागेको हो । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा गरी मनाइँदै आइएको छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ भने यसै दिनलाई हिन्दु धर्मावलम्बीहरुले नागको पूजा गरेर मनाउने परम्परा रहँदै आएको पाइन्छ । धार्मिक परम्परा अनुसार वा शुक्ल यजुर्वेदका अनुसार पञ्चमी तिथिका स्वामी नागदेवता मानिएको हुँदा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिनमा नागपञ्चमी पर्व मनाइने गरेको यहाँहरुलाई यथावतै छ । नाग र नागिनीप्रतिको श्रद्धा र विश्वासको महत्वपुर्ण पर्व यस वर्ष भने श्रावण १३ गते पूजा गर्दै मनाइँदै छ ।

हिन्दु धर्म अनुसार प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ । सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा दुबैले जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा पुराणमा उल्लेख गरिएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले नागका रुपमा मान्ने गरिएको धार्मिक पक्षबाट उल्लेख छ ।

नाग देवताका निमित्त भन्दै व्रत पनि लिने पनि गर्दै आएका छन् । ब्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग नगर्ने नागको तस्वीर गाईको गोबरको सहायताले हरियो दुबो राखेर घरको ढोका माथि अष्ट नागको तस्विर टाँस्ने दुध, दही, अक्षता, फुलले पुजा गर्ने गरेका छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासका कारण नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो भनिन्छ ।

नागको पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको हो । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा बनाइएको छ ।वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता समेत छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । धार्मिक ग्रन्थहरु अनुसार श्रद्धा र विश्वासको महत्वपुर्ण पर्व भनेर नाग देवता भन्दै निर्जिब तस्विर टाँसेर पुजा गदैगर्दा अर्कोतिर सर्प देख्नेबित्तीकै तत्काल मारिरहेका हुन्छन् । कुनै मन्दिरमा देखियो पुज्ने अनि घरको ढोकाको माथिल्लो भागमा नागको ठुला ठुला तस्विर टाँसेर पुज्नेहरुले नै घरमा सर्प पस्न खोजोस या वरपर नै देखयोस पसोस तत्काल मारिदिने गरेको हुन्छन् ।

समाजमा देखिएको यर्थात के हो त ?

यो हाम्रै समाजमा देखिएको यर्थाथ हो । सर्पले मानिसहरुलाई पटक पटक देखिरहेता पनि सर्पले केही गर्दैन । तर, मानिसले सर्प देख्यो कि सर्प मरेको हुनुपर्ने । अनि वर्षको एक दिन मानिसले छपाई गरेको निर्जिव तस्विर भित्तामा टाँसेर पुजा गर्ने देख्दा अचम्म लाग्ने गर्छ । सर्पको आकृतिको कागज लाई पुज्दै गर्दा सजिव जिवको कुनै महत्व नराखी मार्नेहरुले के धर्म गरिरहेका छन् त ? धार्मिक संगै यसको आफ्नै वैज्ञानिक महत्व समेत छ । वातावरण र पर्यावरणका लागि र मानिसमा लाग्ने रोगको उपचार पद्धतिमा पनि औषधिहरू समेत बन्ने र सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ । प्रकृतिमा पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । यही महिमालाई बुझाउन सर्प जोगाउनुपर्छ भनेर नाग पञ्चमी मनाउने गरिएको हो ।
तर अझ पनि चेतना खुल्न सकेको छैन ।

हरेक कोणबाट हामीलाई दिइरहने जीवित जीवलाई मार्ने अनि नाग भनेर तस्विरमा पुजा गरिरहेको अवस्थामा यसबारे बुझ्नु जरुरी छ । घरमा सर्प पूदा टोक्छ भन्नछन् । सर्पलाई मानिसबाट कुनै किसिमको दखल नपरेसम्म टोक्दैन । सर्पको नसत्रु न मित्र न कसैसंग कुनै दुश्मनी हुन्छ । तर, जिवित सर्पलाई सत्रु ठानीरहेका छन् । यस्ता भ्रमले ग्रहसित पारेको समाजमा यो बुझ्न जरुरी छ । यसै सन्दर्भलाई जोडेर सर्पको रक्षा गर्नु आवाश्यक त छ नै । तर, धर्मको नामबाट बिभिन्न स्थानमा कमाई गर्नेहरुबाट सचेत समेत रहन जरुरी छ । १ वर्षमा एकदिन तस्विरमा पुजा गर्ने मात्र होइन सर्पको लागि एक मुस्कान सहित वास्तविक नाग अर्थात सर्पको सधै रक्षा गरौँ ।

 

राजेश गरिब
थप जानकारी