जगदम्बा स्पिनिङ मिल्समा लागेको आगलागीबाट चार करोड रूपैयाँ बराबरको नोक्सानी भएको कम्पनीले दाबी गरेको छ।

कम्पनीमा फागुन २५ गते बिहान ३ बजे आगलागी हुँदा उद्योगका टिएफओ मेसिन, विद्युत् प्यानेल, विद्युतीय तारहरू नष्ट भएको कम्पनीले जनाएको छ। आगलागीका क्रममा उद्योगमा कार्यरत ६ सय ५० बढी कामदार तथा कर्मचारीबीच भागदौड हुँदा ५ कर्मचारी सामान्य घाइते भएको बताएको छ। कम्पनीमा करिब ३ अर्ब रूपैयाँ लगानी रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो