
हेटौंडा । अर्थतन्त्रको विकासमा गतिशिलता पु¥याउने काम गरेकोले मोबाइल व्यवसायीका पदाधिकारीलाई व्यवस्थित गर्न आवश्यक रहेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बताएका छन् । मन्त्री काफ्लले मोबाइल व्यवसायीलाई नीतिगत रुपमा चल्यामान गर्न आवश्यक रहेको बताए । मोबाइल व्यवसायी महासंघको शनिबार चौंथो केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै मन्त्री काफ्लेले मोबाइल व्यवसायीका व्यक्तित्वलाई कानुनी अचरणबाट मुक्त गर्न आवश्यक रहेको उनले बताए । सबै मोबाइल व्यवसायीलाई कानुनको कठिनाइबाट मुक्त गर्नका लागि आफूले पहल गर्ने उनले बताए ।
देशको आर्थिक पाटोको विकासका लागि व्यवसायीसँग छलफल बाहेक अन्य विकल्प नरहेको उनले बताए । भन्सारबाट छलेर आयात भएको मोबाइललाई आउनबाट रोकेमा राज्यकोषमा वृद्धि हुने उनको भनाई छ । उनले व्यवसायीलाई दक्ष बनाउन बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन आफू तयार रहेको विश्वास दिलाए । देशमा नै रोजगारी सृजना गर्ने अवस्थाको नेतृत्व गर्न महासंघलाई आग्रहसमेत गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायलाई कानुनी रुपमा व्यवस्थित गर्नुपर्ने धारणा राखेका छन् । यसो नगर्दा सम्म व्यवसायीले राज्य पक्षबाट हैरानी खेप्नु पर्ने अवस्थाको अन्त्य नहुने उनको भनाई छ । उनले सरकारका विभिन्न तहमा मोबाइल व्यवसायका समस्याको जानकारी गराउँदासमेत वेवास्था भैरहेको जीकिर गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकि प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेश उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष कबिराज खत्री, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल हिमालय सिमापार बाणिज्य संघका केन्द्रीय सदस्य बिष्णु न्यौपाने लगायतले आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्