रोशन दिप- फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले पाएपछि आफ्नो टिमले जित्ने दाबी गरेका समर्थकहरु खुसी देखिएका छन् ।

कतारको लुसेल रंगशाला भएको खेल रोचक बनेको थियो भने फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ २ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि पाएको हो।

कतारमा भएको विश्वकप फुटबलको उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका समर्थकहरु मन पर्ने टिम र खेलाडीको जितको कामना गर्ने समेत गरे ।

आइतबार रातिनै सम्पन्न भएको अर्जेन्टिना र फ्रान्सबीचको खेलमा खेलको नतिजाले अर्जेन्टिनाका समर्थकहरु आ–आफ्नो तरिकाले खुशी व्यक्त गरिहेका छन् ।

यसै विच हेटौंडाका उपमहानगर १७ का १ युवा प्रदिप थापाले सडकमा वरपरको फोहोर सरसफाई गरेका छन् ।

आई लभ मेस्सी लेखिएको तस्वीर अनि नेपाल र अर्जेन्टिनाको झण्डा संगै लिएर सरसफाई सुरु गरेका थापाले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा–१७ कै सालक पार्कबाट सडकमा भएका फोहोर संकलन सुरु गरेका हुन् ।

सालकपार्कबाट बिहान ७ बजेबाट फोहोर संकलन कार्य थालनी गरेर अप्रान्ह ४ बजे हेटौंडा–५ स्थित आईपुग्दा फोहोरको बोराले रिक्सा भरिएको थियो ।

फोहोर हाल्ने बोरा, बोक्ने रिक्सासंगै सरसफाई सुरु गरेका थापाले  सर्मथन रहेको टिम अर्जेन्टिनाले विश्वकप उचालेपछि खुसियालीमा सरसफाई गरेको बताए ।

समाजमा सकारात्मक सन्देश प्रवाहा गर्ने हेतुले संकलित फोहोरलाई हेटौडा सम्म लैजान डिभिजनल वन कार्यालयका डिभिजनल वन अधिकृत श्री शिव सापकोटाको समेत सहयोग रहेको जानकारी दिए ।

वातावरणको स्वच्छता कायम राख्न सामाजमा जनचेतना पुगोस भन्दै अर्जेन्टिनाले जितेको खुशीमा सडक सरसफाई गरिएको थापाको भनाइ छ ।