हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष पेश गरेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार पारेको वार्षिक प्रतिवेदन बिहीबार प्रदेश प्रमुख समक्ष पेश गरेको हो । प्रतिवेदन प्रस्तुत गर्दै अख्तियार हेटौंडाका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यालयले आर्थिक वर्ष ०८१÷८२ मा गरेका प्रमुख क्रियाकलाप, उजुरी व्यवस्थापन र सुशासन प्रवद्र्धन सम्बन्धी गतिविधिबारे विस्तृत जानकारी प्रदान गरेका छन् ।
प्रदेश प्रमुख समक्ष पेश गरिएको प्रतिवेदनमा बागमती प्रदेशमा ७१० उजुरी दर्ता भएकोमा ४८४ उजुरी फर्छयौट भएको छ, जसको प्रतिशत ६८.१७ रहेको छ । मधेश प्रदेशमा भने २०५६ उजुरी दर्ता भएकोमा १४६१ उजुरी फर्छयौट भएको देखिन्छ, प्रतिशत ७१.०६ रहेको छ । समग्रमा देशभर २७६६ उजुरी दर्ता भएकोमा १९४५ उजुरी फर्छयौट गरिएको छ, प्रतिशत ७०.३२ रहेको प्रतिवेदनमा उल्लेख छ बाँकी उजुरीहरू विभिन्न कारण ले अझै कार्यवाहीअन्तर्गत छन् ।
यस अवधिमा अख्तियार हेटौंडाले २ जिल्लास्तरीय र १४ पालिकास्तरीय, कुल १६ अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो। यी कार्यक्रमहरूमा स्थानीय प्रशासन, सरकारी निकाय, नागरिक समाज, सञ्चारकर्मी र जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। अन्तरक्रियामा नागरिकलाई भ्रष्टाचार नियन्त्रण, उजुरी दर्ता र फर्छयौट प्रक्रिया तथा सुशासन प्रवद्र्धन सम्बन्धी जानकारी दिइएको थियो ।
कार्यालय प्रमुख पुडासैनीले कार्यक्रममा भने,“देशभरि सुशासन र भ्रष्टाचार नियन्त्रणको कार्यमा सरकारका सबै तह, अङ्ग, निकाय, नागरिक समाज र सञ्चारकर्मीको सहयोग उच्च मूल्याङ्कनयोग्य छ। आगामी दिनमा पनि सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षा छ।“प्रदेश प्रमुख देवकोटाले प्रतिवेदन प्राप्त गर्दै आयोगको कामको सराहना गर्दै भने,“अख्तियारले जनहित र सुशासन प्रवद्र्धनमा खेलेको भूमिका महत्वपूर्ण छ। यसरी निरन्तर काम जारी रहोस् ।“ प्रतिवेदनले प्रमाणित गरेको छ कि आ.व. ०८१÷८२ मा अख्तियार हेटौंडाले उजुरी व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको छ। आयोगले सरकारका विभिन्न तह, नागरिक समाज र सञ्चारकर्मीको सहयोग र ऐक्यवद्धताको महत्वलाई पहिचान गर्दै भविष्यमा पनि समान उद्देश्यका लागि सहकार्य निरन्तर रहोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।



































प्रतिक्रिया दिनुहोस्