रोशन दिप – नेपालमा राजनीतिक नेतृत्व छनोट लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनबाट गरिँदै आएको छ। त्यसैले विद्यार्थीलाई निर्वाचनको प्रक्रिया बारे बुझाउन बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित सत्यम जेभियर्स इङ्ग्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुलमा शुक्रबार स्कुल हेड बोइ, स्कुल हेड गर्ल, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनोट निर्वाचन गरिएको छ ।

निर्वाचनमा हेड बोइको लागि कक्षा १० का रोशन देउला र स्कुल हेड गर्लको लागि कक्षा ९ की सुरुची तिमल्सिना निर्वाचित भएका छन् ।

त्यसैगरि मनास्लु, तिलिचो, अन्नपूर्ण र लालीगुराँस सदनको क्याप्टेन र भाइस क्याप्टेनको लागि पनि निर्वाचन भएको छ।

जसमा कक्षा ९ की सबिस्ना श्रेष्ठ मनास्लु सदनको क्याप्टेनमा र कक्षा ५ का सार्जिल मिया भाइस क्याप्टेमा, तिलिचो सदनको क्याप्टेनमा कक्षा ९ की सजिता केसी र भाइस क्याप्टेनमा कक्षा ५ की आरध्या तिमल्सिना, अन्नपूर्ण सदनको क्याप्टेनमा कक्षा ७ की नेहा ब्लोन र भाइस क्याप्टेनमा कक्षा ६ की सलिस्ना गोले तथा लालीगुराँस सदनको क्याप्टेनमा कक्षा ८ का भिजन न्यौपाने र भाइस क्याप्टेनमा कक्षा ६ का अंश चौधरी निर्वाचित भएका छन् ।

नेपाली विषय शिक्षक युवराज विश्वकर्माबाट प्राप्त जानकारी अनुसार विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको नेतृत्व कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न निर्वाचन गरिएको हो । उनले विजयी विद्यार्थीहरुलाई शुभकामना दिँदै उनीहरुको सहयोगमा विद्यालयमा विभिन्न कार्यक्रमहरु निरन्तर भइरहने बताउदै विजयी विद्यार्थीहरुलाई विद्यालयको नियमभित्र रही काम गर्न सुझाव समेत दिएका छन् ।