हेटौँडा/   बागमती प्रदेशको सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन प्रदेशकै राजधानी हेटौंडा आएका गृहमन्त्री रवि लामिछाने काठमाडौं फर्कने क्रममा पत्रकारले बैठकस्थल बाहिर पछिल्लो राजनीति घटना बारे पत्रकारले प्रश्न गर्दा नबोल्ने बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आयोजनामा हेटौँडा–२ स्थित होटल एभोकाडोमा मंगलबार बाट सुरु भएको प्रदेशस्तरीय गोष्ठी बुधाबार सकिएको हो ।

गोष्ठीमा गृहमन्त्री लामिछाने, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, संघीय गृहसचिव एक नारायण अर्याल लगायतकाले चार वटै सुरक्षा निकायका प्रमुहरुलाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन्। प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडा भेला भएका हुन् ।

बाहिर  गृहमन्त्री लामिछानेलाई मकवानपुरका पत्रकारहरुले प्रश्न गर्न कुरिरहेका थिए  । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रश्न गर्दा केही नबोल्ने प्रवक्तासँग सोध्नु भन्दै अघि बढेका हुन् ।

गृहमन्त्री लामिछानेले भने ” “प्रवक्ताले बोल्नु हुन्छ अहिले मेरो केही भन्नु छैन “

गृहमन्त्री लामिछाने हिँडेपछि प्रवक्ता नारायणप्रसाद भट्टराईले बैठकमा बागमतीका १३ वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लाको प्रस्तुतिकरण भएको जानकारी दिएका हुन् ।

चुस्त दुरुस्त सुरक्षा र सरकारको तर्फबाट दिइने सेवा प्रवाहको लागि मातहतको निकायलाइ गृहमन्त्री लामिछानेको निर्देशन आएको प्रवक्ता भट्टराइले बताए।

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति गठनको माग राखेर कांग्रेसले सदन र सडकमा विरोध गरिरेका छन् भने कैलाश सिरोहिया पक्राउ परेपछि बिभिन्न प्रतिक्रिया आइरहेको छ ।

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी