मकवानपुर/  अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल तर्फको खेलमा कर्णाली प्रदेश सेमीफाइनलमा प्रवेश गरेको छ । मंलबार भएको दोस्रो दिनको खेलमा लुम्बिनी प्रदेशलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै कर्णाली प्रदेश सेमीफाइनलमा प्रवेश गरेको हो । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको दोस्रो दिनको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरीमा रोकिएको थियो ।

कर्णालीका लागि सुवास बलमे पहिलो हाफको १६ मिनेमा गोल गर्दै सुरुवात अग्रता दिलाएका थिए । लुम्बिनी प्रदेशबाट दोस्रो हाफको १६ औँ मिनेटमा गोल गरेका रोहित सुनुवारले खेललाई बराबरीमा ल्याउन सफल भए । एक–एक गोल बराबरीमा आएको स्थितिमा दोस्रो हाफको २६ मिनेटमा गोल गर्दै दीपक राज अग्रतालाई बढाए । २–१ गोल अन्तरले पछि परेको कर्णाली प्रदेशबाट करण राउतले एक गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच गोल रक्षक प्रवेश बुढाथोकी घोषित भएका छन् ।

७ प्रदेशको सहभागिता रहेको प्रतियोगितामा ३ वटा प्रदेश प्रतियोगिताबाट बाहिरीएको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।

रातो समाचार संवाददाता
थप जानकारी