हेटौंडा । हेटौंडामा ट्रयाम्प मोटरसाइकलको शोरुम सञ्चालनमा ल्याउने भएको छ । हेटौंडा–११,स्थित थानाभ¥याङमा ट्रयाम्प मोटरसाइलकलका लागि आधारिकता हेटौंडा ट्रयाम्प शोरुप सञ्चालनमा ल्याउन भएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै शोरुमका सञ्चालक रवि कँडेल शर्माले भोलि आइतबारबाट अनौपचारिक रुपमा बाइक शोरुपको उद्धाटन गरेर सञ्चालनमा ल्याउने जानकारी गराएका छन् ।

नेपालमा हाल सम्म ट्रयाम्प मोटरसाइलको ३ वटा भेरिएनट रहेको उनले बताए । विशेषगरी पानी, बरफिलो बाटो र हिलो कच्च बाटोमा हिड्न सहयोग पुर्याउने ट्रयाम्प बाइकले २८ किलोमिटरको दरले प्रति घण्टाको माइलेज दिइने उनले बताए । ६ लाख ७० हजार रुपैयाँको मूल्यमा ४ सय सिसीमा विक्री सुरु गर्न लागिएको ट्रयाम्प बाइक इटहरीमा सार्वनजानिक भइसकेको र मकवानपुरमा पहिलो पटक ल्याइएको उनले बताए ।