बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कार्ययोजना अघि समेत सारेका छन् ।
यसैक्रममा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ नेपाली कांग्रेस एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच गठबन्धन भएको जसपा संघीय परिषद सदस्य शुभरत्न गोले तामाङल बताएका छन् ।
उनले नेपाली कांग्रेसका आइमान सिंह मुक्तानले अध्यक्षका लागि र सदस्यमा जनता समाजवादी पार्टीबाट उत्तम गोम्जा र रञ्जु गोम्जाले उम्मेदवारी मनोनयन दर्ता गराएको जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीबाट धावा लामा र दलित महिला सदस्यमा सानुमाया नेपालीको सहितको उम्मेदवार तय गरि निर्वाचनको युद्धमा लागिएकोल बताएका हुन् ।
सदस्य शुभरत्नले जानकारी दिए अनुसार यसै वडामा नेकपा माओवादी केन्द्रका तर्फबाट छुट्टै उम्मेदवारी परेको छ भने । भोलि मंगलबारबाट नै हेटौडा १३ पदमपोखरी चोकमा संयुक्तरुपमा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरि निर्वाचनको प्रचार प्रसार गरिने छ ।














प्रतिक्रिया दिनुहोस्