मकवानपुरको बकैया(३ को हात्तीसुँडेमा गएराति मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया(५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको प्रहरीले जनाएको छ ।
गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २(०३(०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालिमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्