हेटौंडा । आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेद्वारी बनेका अमिक परियारले आफ्नो २८ बुँदे प्रतिवद्दतापत्र सार्वजानिक गरेका छन् । सोमबार हेटौंडा–१६,हटियास्थित चिसापानीको सम्पर्क कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम मार्फत काउली चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेद्वारी दिएका अमिक परियारले आफूले गर्ने कामहरुलाई समावेश गरेर प्रतिवद्दतापत्र सार्वजानिक गरेका हुन् । पृथ्वीपथ सुशासन र विकासलाई प्रमुख मुद्दा बनाएर स्वतन्त्र उम्मेद्वार बनेको उनले पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएका छन् । विशेषगरी कृषिको क्षेत्रलाई प्राथमिकता राखेर कृषिको मुद्दालाई उठाएर स्वदेशमै आत्मानिर्भरताका जीवन यापन गर्न सक्ने वातावरणको सिर्जना गर्न उम्मेद्वारी दिएको उनले बताएका छन् ।

विगत ३० वर्षदेखि कृषि क्षेत्रमा ५० आर्बको बजेट विनियोजन भएपनि किसान र कृषिको समस्याहरु समाधान हुन नसकेको कारणले किसानको मुद्दालाई प्रमुख मुद्दा बनाएर स्वतन्त्र उम्मेद्वारी दिएको उनले बताए । आफूले प्रविद्धतापत्रमा समावेश गरेका विषयहरू कार्यान्वयन गर्न नेपाल सरकारले वार्षिक रूपमा गर्ने बजेट विनियोजन, सभाबाट वार्षिक रूपमा आउने कोष, विभिन्न निकायबाट प्राप्त वैदेशिक अनुदान तथा देशभित्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्फत किसानका लागि विनियोजित बजेटहरू कागजमै सीमित नराखी श्रम गर्ने वास्तविक किसानका खेतसम्म पु¥याउने योजना रहेको उनले बताए ।

किसानहरुका लागि सबै सभासँग सहकार्य तथा हातेमालो गरेर काम गर्ने योजना बनाउने उनले बताए । पृथ्वीपथको कुनै राजनीतिक दल नहुने भएकोले भावी दिनमा कुनै दल दर्ता नहुने बताउँदै उनले भने–देशैभरी अहिले १ हजार १ सयको हाराहारीमा पृथ्वीपथबाट स्वतन्त्र उम्मेद्वारीहरु छन् । स्वतन्त्र उम्मेद्वारी हुन भनेकै एउटा पृथ्वीपथको एजेण्डा हो । १३ वर्षको माओवादीको राजनीति, ९ वर्षको काँग्रेसको राजनीति र २ वर्षको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीति बुझेर राजनीतिक दलले मनिसहरुलाई भ्रममा राख्ने भएकोले भ्रमबाट मुक्त हुनपर्छ भनेर आफूले बझेको उनले धारण राखेका छन् । विगतको घटनाहरुलाई स्मरण गर्दा नेपाली नेपालमा भइरहेको शासन व्यवस्था कसरी फेल हुँदैछ ? र कसरी हाम्रो अस्मिरतामाथि प्रहार हुँदैछ ? भन्ने कुरा उदाहरण भएपछि हिजोको एकीकरण देखि अहिलेको नेपाली जनता र नेपाली राष्ट्र बचाउने संजीवनी बुटी हो भन्ने मूल्य मान्यताका साथ चुनावी मैदानमा होमिन लागेको उनले स्पष्ट पारेका छन् ।

 

यस्तो छ उनले सार्वजानिक गरेको प्रतिवद्दतापत्रमा समावेश भएका विषयहरु ।

सुशासन, विकाश र पारदर्शिता पहिलो प्राथमिकता ।

किसानको समस्या हल गर्न कानुन बनाउने ।

आत्मनिर्भर युवा अभियान संचालनमा ल्याउने ।

कृषि, उद्योग र व्यापारमा आधारित वार्षिक ५ हजार रोजगारि सृजना गर्ने ।

वार्षिक यस क्षेत्रका ५ हजार नागरिक संग प्रतक्ष्य फोन बार्ता गर्ने ।

प्रत्येक वडामा कृषिउपज खरिद बिक्री केन्द्र स्थापन गरि वैज्ञानिक मूल्य निर्धारण गर्ने ।

गास, बास, कपास, शिक्षा, स्वास्थ र रोजगारि प्रत्येक नागरिकको नैसर्गिक अधिकारलाई जनमुखि बनाउने ।

किसानलाई मल, बिउ, औषधि र प्राविधिक सर्वसुलब मूल्यमा उपलब्ध गराउने ।

२० वर्ष, १५ वर्ष र १० वर्ष देखि कृषिमा आबद्ध किसानको पहिचान गरि ऋण मिनाहा देखि

अनुदानको कार्यक्रम संचलानमा ल्याउने । सबै समुदायका नागरिकको अधिकार संरक्षण गर्ने ।

प्रत्येक महिना १ वडामा जनता र सभासद बिच सर्वजानिक सुनुवाइ गर्ने ।

कृषि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

भुमि हिन कृषकलाई जमिन उपलब्ध गराउने ।

उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम संचालनमा ल्याउने ।

कृषिउपज खरिद बिक्रीमा भईरहेको विचौलिया प्रथा अन्त्य गर्ने । व्यक्तिगत, पारिवारीक, सामाजिक, राजनितीक, आर्थिक, मानसिक, शारिरीक र धार्मिक रुपमा कुलतमा फसेको नेपाली समाजलाई सुधारमुखि कार्यक्रम ल्याउने ।

प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्ने मुल मन्त्र आत्मसाथ गर्ने गराउने ।

घुस खाने र घुस दिने राष्ट्र‌को सत्रु हुन त्यसता व्यक्तिलाई सामाजिक दण्ड सजायको कानुन बनाउने ।

19 स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने मुल नाराको साथ विदेशमा गएका युवा युवतीलाई स्वदेश फर्काइ स्वरोजगार बनाउने ।

सुचना प्रविधि AI र डिजिटल अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राखिने ।

MADE IN NEPAL अभियान मार्फत यस क्षेत्रमा उत्पादित सामानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारिकरण गर्ने ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्रकृतिपरक पर्यटन प्रवर्द्धन गर्ने ।

प्राविधिक र व्यवसायिक शिक्षा अनिवार्य गर्ने ।

सम्पूर्ण पेसाको बर्गिकरण गरि परिचय पत्र वितरणको व्यवस्था गर्ने

सवारी चालक अनुमति पत्रको अधारमा सरकारी निकायबाट तलब निधारण गर्न कानुन बनाउने ।

सबै समुदायका महिलाको हक अधिकारको संरक्षण गर्ने गराउने ।

बालमैत्री समाज निर्माण गर्न विषेश कार्याक्रम संचालनमा ल्याउने ।

स्वतन्त्र न्यायपलिका जनताको अधिकार भन्ने मुल मन्त्र आत्मसाथ गर्ने ।

रातो समाचार संवाददाता
थप जानकारी