नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको ज्यान गएको छ ।
करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो।
यो पनि पढ्नुहोस् ।
तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जको नर्सिङ होममा उपचारको क्रममा ज्यान गएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
























प्रतिक्रिया दिनुहोस्