बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।

आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

यसैक्रममा १३१३८ मत गणनाभइरहेकोअनुसारको नतिजामा गठबन्धनको अग्रता कायमै रहेको छ।
गठबन्धनको एसबाट उम्मेदवार मीना लामालाई ३९८७ मत प्राप्त छ ।

राप्रपाको तर्फबाट मेयरका उम्मेदवार बनेका दिपकबहादुर सिंहले ३९५०मत प्राप्त गरेका छन।

नेकपा एमाले तर्फका उम्मेदवार अनन्तप्रसाद पौडेलले ३४५८मत प्राप्त गरेका छ्न।

उपमेयर पदको उम्मेदवार बनेका गठबन्धनका कांग्रेसका राजेश बानियाँले ५९०८ मत प्राप्त गरेका छन् ।
नेकपा एमाले तर्फको उम्मेदवार सुमित्रा काफ्लेलाई ४२५१ मत प्राप्त छ ।

राप्रपाको इन्दिरा न्यौपाने डल्लाकोटीलाई ९५४ मत प्राप्त छ ।

 

हेटौंडा उपमहानगर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने र वडा नम्वर २ मा कांग्रेसका विष्णु गोपाल महर्जन १९मा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका छन् । मतगणना जारी रहेको छ ।