सञ्जय कुमार मिश्र – नेकपा एकिकृत समाजवादीको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकासको एजेण्डालाई पहिलो प्राथमिकताको सूचीमा राखेको बताउनुभएको छ । रौतहटको गौर नगरपालिकाको महादेवपट्टीमा सोमबार विहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष नेपालले नेपालमै गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, कृषि प्रणालीलाई वैज्ञानिकीकरण, स्वच्छ खानेपानी, बेरोजगारलाई रोजगारीको व्यवस्थापन, महिलालाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने चर्चा गर्नुहँदै उहाँले वृद्धवृद्धालाई समाजिक सुरक्षाको भत्ता रकममा वृद्धिसहितका यहाँको जनतालाई समृद्ध बनाउने हर उपायहरु कार्यान्वयन गरिने कुरामा जोड दिनुभयो ।
देश बनाउने, समाज परिवर्तन, सांस्कृतिक परिवर्तनसँगै कृषि आधुनिकरण र व्यवसायिक गर्न तथा सहकारीको बढावा दिनुपर्ने अभियानका साथ नेकपा एस अगाडि बढिरहेको धारणा राख्दै उहाँले विगतको आन्दोलनबाट प्राप्त उपलब्धि एवं संविधानको रक्षाकालागि नयाँ शक्ति, नयाँ संकल्प तथा कम्युनिष्ट आन्दोलनको मर्म भावनालाई अगाडि बढाउने दृढताका साथ नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिएको प्रष्ट पादैृ अध्यक्ष नेपालले अहिले देशमै नेकपा एसमा प्रवेश गर्नेहरुको लहर बढेको दावी गर्नुभयो ।
सो कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा. वंशिधर मिश्र, मधेश प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री नागेन्द्र चौधरी, गौर नगरपालिकाका उम्मेदवार शम्भु साहसहितका नेताहरुको सहभागिता रहेको थियो ।
यो न्युज गोरखापत्रबाट साभार गरिएको हो























प्रतिक्रिया दिनुहोस्