हेटौंडा फुटबल एकेडेमी र एन्फा मकवानपुरका खेलाडीहरुले मैत्रीपूर्ण फुटबल खेलमा सहभागी हुनपूर्व सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडा । हेटौंडा फुटबल एकेडेमी यु–१५ टिम र एन्फा मकवानपुरको यु–१६ टिमबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा एन्फा मकवानपुरको यु–१६ टिमबीच भएको छ । शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा एन्फा मकवानपुरले हेटौंडा फुटबल एकेडेमीलाई ४–० गोलको अन्तरले पराजित गरेको हो । एन्फा मकवानपुरका मुख्य प्रशिक्षक समेत रहेका हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले हेटौंडा फुटबल एकेडेमी र एन्फा मकवानपुरबीच मैत्रीपूर्ण प्रतिस्पर्धात्मक फुटबल खेलको आयोजना गरेका हुन् ।

उनले विगद ६ महिनादेखि एन्फाका खेलाडीलाई फटबल प्रशिक्षण दिँदै आइरहेको छन् भने हेटौंडा फुटबल एकेडेमीका खेलाडीहरुलाई करिब १० वर्षदेखि फुटबल प्रशिक्षण दिँदै आइरहेका छन् । उनले एन्फामा आवद्ध भएका खेलाडीहरुलाई साँझा ४ बजेर ३० मिनेटको समयदेखि फुटबल प्रशिक्षण दिने गरेको र बिहानको समयमा हेटौंडा फुटबल एकेडेमीमा आवद्ध भएका खेलाडीहरुलाई प्रशिक्षण दिने गरेको बताएका छन् ।

एन्फा एकेडेमीका करिब २९ जना खेलाडीहरु हेटौंडा–४,स्थित हुप्रचौरमा साँझाको समयमा प्रशिक्षणमा सहभागी हुने गरेको उनले बताए । सिस्नेरीको बत्सलादेवीमा प्रशिक्षार्थीको रुपमा प्रशिक्षण लिइरहेका समयमा भारी वर्षाको कारणले कुलेखानी ड्याम्पको ढोका खेलेपछि ६ जना किशोर खेलाडीहरुले पहिरोमा परेर मृत्यु भएको थियो । त्यसपछि त्यस ठाउँबाट खेलाडीलाई सारेर हाल हेटौंडा–४,स्थित हुप्रचौरमा प्रशिक्षण दिइरहेको उनले बताए ।

प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई १ साताको ५ दिन प्रशिक्षण दिने र एकदिन दुईटिमबीच मैत्रीपूर्ण खेल खेलाउन गरेको उनले बताए । खेलाडीहरुले प्रशिक्षणको समयमा लिएको ज्ञानलाई मूल्याङ्कन गर्न, क्षमताको विकास गर्न र बाहिरी जिल्लाको प्रतियोगिताका लागि तयार पार्नका लागि यस्तो गर्न आवश्यक रहेको उनको भनाई छ । उनले विशेषगरी ४ विधामा खेलाडीहरुलाई प्रशिक्षण दिने गरेको बताए । अट्याकिङ, पोजेटिभ ट्रान्जीसन, नेगेटिभ ट्रान्जीसन र डिफेन्सीपको टे«निङ दिने गरेको र यी मुमेन्टले बढी ड्रिल प्रशिक्षण गराउने गरेको छ ।