पत्रकार सम्मेलनमार्फत सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराउँदै आयोजक समिति ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको टोल विकास नगर समन्वय समितिले विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत टोल विकास नगर समन्वय समितिका अध्यक्ष धूर्व अधिकारीले भोलि शुक्रबारबाट एक सातासम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् । प्यालिष्टक प्रदुष्ण नियन्त्रण गरौं भन्ने मूल नाराका साथ भोलि जेठ १६ गतेबाट जेठ २२ गतेसम्म ५६ औँ विश्व वातावरण दिवसको अवसरमा पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको टोल विकासका अध्यक्ष धूर्व अधिकारीले बताए ।

हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा भोलि शुक्रबार पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेर कार्यक्रमको उद्घाटन गरिने उनले बताए । यस्तै, शनिबार हेटौंडा भित्रका टोल विकास संस्थाको सहभागितामा सफा हेटौंडा अभियान अन्तर्गत वृहत सरसफाइ कार्यक्रमको आयोजना गरिने उनले बताए । आइतबार हेटौंडा–१०,स्थित वन विज्ञान क्याम्पसमा हेटौंडा सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगिता र वन विज्ञान क्याम्पसमै प्रकृति सम्वाद यात्राको आयोजना गरिने उनले बताए ।

सोमबार हेटौंडा–८,स्थित औद्योगियक क्षेत्रको खेलमैदानमा बोतलसँग बीरुवा साट्ने कार्यक्रम, मंगलबार हेटौंडा–४,स्थित रोयल पार्टी प्यालेसमा जलवायु सचेतनाः समस्या समाधान समुदायको भूमिका र हाम्रो प्रयास विषयक –प्यानल डिस्कसन, फिल्म स्क्रिनको प्रदर्शनी र हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा वृक्षारोपण गर्ने उनले बताए । बुधबार दिउँसो रोयलपार्टी प्यालेसमा विद्यालयस्तरीय खेर गएको वस्तुहरुबाट उत्पादित सामाग्रीहरुको प्रतिस्पर्धा गराइने छ भने सोही दिन हेटौंडा उपमहानगरपालिकाको सभाहलमा यदी म हेटौंडाको मेयर भएँ, भने मेरो सहरलाई कसरी सफा र प्लाष्टिक रहित बनाउँछु ? भन्ने विषयक भिडियो प्रतियोगिताको आयोजना गरिने र बिहिबार समापन गरिने छ । बिहिबार वतावरणीय सचेतना मूलक ¥याली, सम्मान, पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने उनले बताए ।

सप्ताहव्यापी कार्यक्रममा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः १० हजार रुपैयाँ, ७ हजार ५ सय रुपैयाँ र २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वना हुनेलाई १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । सप्ताहव्यापी कार्यक्रम आयोजनाका लागि ६ लाख रुपैयाँको बजेट छ्ट्याएको बताइएको छ ।