हेटौंडा । नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौ संस्करणको मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडा–७ प्रवेश गरेको छ । मंगलबार हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल चरणको अन्तिम खेलमा हेटौंडा–१ टाइ टाइब्रेकरमा ४–३ गोलले हराउँदै हेटौंडा–७ फाइनलमा प्रवेश गरेको हो । बिहिबार हुने फाइनल खेलमा उपाधिका लागि हेटौंडा–३ र हेटौंडा–७ को टिमबीच प्रतिस्पर्धा हुनेछ । निर्धारित समय २÷२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
हेटौंडा–७ ले पहिलो गोल उपहार स्वरुप आत्माघाती गोल प्राप्त गरेको थियो । उक्त गोल हेटौंडा–१ का संगम राइले गरेका थिए । दोस्रो हाफको खेलमा विश्व लामाले गोल गर्दै अग्रतालाई बढाएका थिए । २–० गोल अन्तरले पछि परेको दोस्रो हाफको खेलमा किरण कार्कीले गोल गर्दै हेटौंडा–१ को टिमलाई सहानुभूती दिलाएका थिए । खेलको अतिरिक्त समय ६ मिनटे थप गर्द हेटौंडा–१ गोल सरक्ष युगेन लामाले फ्रि किकको सदुपयोग गर्दै पुनःआगमन गराउँदै २÷२ गोलको बराबरी स्थितिमा पु¥याएका थिए । त्यसपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । खेलको म्यान अफ द म्याच रोशन दोङ घोषित भएका छन् ।























प्रतिक्रिया दिनुहोस्