हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २४ वर्षीय सौरभ पाठक चितवनको नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, पाठकको शव भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा फेला परेको हो । उनी यही फागुन १६ गते कामको शिलशिलामा काठमाडौं गएका थिए ।
आफन्तका अनुसार उनी फागुन १८ गते काठमाडौंबाट घर फर्किने क्रममा भरतपुर महानगरपालिका–१ हरिहर मन्दिरबाट बेपत्ता भइ सम्पर्कमा नआएपछि आफन्तले फागुन २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरीले खोजतलासको क्रममा फागुन २२ गते सोमबार नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।