केहीबेरपछि सुरु हुन लागेको विश्वकपको उपाधिको लागि अर्जेन्टिना र फ्रान्स विच भिडन्त हुँदै छ ।

कतारमा जारी फिफा खेल राति ८ः४५ बजेबाट कतारको लुसेल रंगशाला हुँदै छ भने अर्जेन्टिना र फ्रान्स विचको भिडन्त हुने भएको हो ।

यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि पनि फ्रान्सले जितेको थियो ।

फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने दाउमा छ भने अर्जेन्टिना पनि फ्रान्सलाई पराजित गरेर विश्वकपको उपाधि हात पार्ने दाउमा छ ।

भिडन्त हुन लागेको दुवैले दुई दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् ।

बिश्वकप हेर्नकालागि सहज बनाउन बिभिन्न स्थानमा तयारी समेत गरिएको छ ।

सर्मथकहरुले आफ्नो सर्मथन रहेको देशले कप उचाल्ने भन्दै बिभिन्न टिक्का टिप्पणी गरिरहेका छन् ।

अर्जेनटिना र फ्रान्स विचको भिडन्तमा बजी कसले मार्ने हो ? त्यसकालागि नतिजा कुर्नै पर्छ ।