हेटौंडाका सुजित बिडारीले निमार्ण तथा निर्देशन गरेको नेपाली चलचित्र “ऐना झ्यालको पुतली” गएकोशुक्रबार देखि प्रर्दशन भएको छ ।

बिडारीद्धारा निमार्ण र निर्देशन गरिएको नेपाली चलचित्र  “ऐना झ्यालको पुतली”  हेर्न हेटौंडा ४ नारायणी मलमा रहेको एनएसस सिनेमा हलमा भिडमभिड रहेको छ ।
ऐना झ्यालको पुतली हेर्न हेटौंडाका विभिन्न संस्थागत विद्यालयका विद्यार्थीहरु र शिक्षक हरुले एनएसस सिनेमा हल भरिएको थियो ।
चलचित्र हेरेर निस्कदै गर्दा २७ वर्ष अघिको कथा वस्तुलाई उठान गरि निर्माण गरेको चलचित्रले आफुहरुलाई विगतमै बालापनमा फर्काएको अनुभुत गराएको बताएका थिए ।
विडारीको कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । ।

 

………..

चलचित्रमा सिरु विष्ठ, कन्चन चिमोरिया, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बु, उमेश श्रेष्ठ, विशा चाम्लिङ राई, मल्लिका श्रेष्ठ, राज थापा, पदम प्रसाद पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ । बिडारीको निर्देशन राम कृष्ण पोखरेल, आकाश पौडेल तथा प्रविन स्याङ्बो सहित निर्देशक बिडारीले संयुक्त रुपमा निर्माण गरेका हुन्।
………………