हेटौंडामा रहेको हेटौंडा जेसीजद्धारा जेसीज सप्ताह वर्ष अन्तरगर्त बिभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमहरु अन्तगर्त गरिने कार्यक्रमको जेसीज सप्ताहबारे जानकारी गराइएको छ ।
आइतबारबाट सप्ताहव्यापी कार्यक्रमको आरम्भ गरि २५ गते पुरस्कार वितरण तथा जेसीज सप्ताह कार्यक्रम समापन कार्यक्रम रहेको हेटौंडा जेसीजका अध्यक्ष पवनकुमार कंसाकारले बताए ।
उनले १९ गते लागु औषध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम २० गते रक्तदान र हेटौंडा अस्पतालमा फलफुल वितरण २१ गते जेसीज र बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल, खुला पौडी प्रतियोगिता र सरसफाई कार्यक्रम रहेको अध्यक्ष कंसाकारले बताएका हुन् ।
कार्यक्रम अन्तरगत नै २२ गते वृक्षारोपण र अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता, २३ गते अम्बिका देवी स्मृती हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिने जानकारी दिए ।
त्यस्तैगरि २४ गते बारा मकवानपुरको सिमा चुरियामाईमा स्वागत बोर्ड राखिने र हेटौंडा ९ मा ट्राफिक सचेतना कार्यक्रम गरिने बताएका हुन् ।
अध्यक्ष कंसाकारले बताए अनुसार २५ गते भने पुरस्कार वितरण तथा जेसीज सप्ताह कार्यक्रम समापन कार्यक्रम रहेको छ।

सोहीक्रममा प्रतियोगितात्मक कार्यक्रममा भने नगद सहित पुरस्कारहरुको समेत व्यवस्था रहेको महासचिव विकेशलाल श्रेष्ठले बताए ।
जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ, सह संयोजक महेश अधिकारी रहेको बताएका हुन् ।
उक्त कार्यक्रममा जेसीजका पअधिकारीहरु सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
…………..























प्रतिक्रिया दिनुहोस्