चौथौ पटक देशको प्रधान मन्त्री बनेर देशको शासन समालेको समयमा ६५ जना सहभागी भएको साझा सवालमा प्रश्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेका युवा गुल्मीका सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्धै निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री रहेकै बेला २०७४ असार १८ गते प्रसारण भएको बीबीसीको साझा सवाल कार्यक्रममा तत्कालिन र हालका प्रधान मन्त्रि देउवालाई
लिक्वान्युलाई सिङ्गापुर दिदा ढुङ्गा दिएको थियो हिरा बनायो । तर, नेपाललाई तपाइको हातमा दिदा हिरा दिएको थियो ढुङ्गा बनाएर छोड्नुभयो । कारवाही कसलाई गर्ने?
अर्को एतिहासिक प्रश्नः सिंगापुर, अमेरिका, चाइना, बेलायत सबै देशका प्रधानमन्त्रिहरु अति उत्कृष्ट बिद्यार्थीहरु मात्रै प्रधानमन्त्रि भएका छन् ।
उदाहरणमा हेर्ने हो भने बेलायतको बिगत ७० वर्षदेखि सम्पुर्ण प्रधानमन्त्रीहरु अक्सर्पोट विश्व बिद्याालयमा पढेकाको छन् । नेपालको बिगत ७० वर्षदेखि हामीले जनताको मन बुझ्ने कुन प्रधानमन्त्री पाएका छौं? जनताको प्रधानमन्त्री तपाई कहिले हुने ? तपाँई कहिले बिस्थापित हुने ? ढकालले यस्तो प्रश्न गरेका थिए ।
यो प्रश्नमा देउवाले झर्किएर भनेका थिए “नेपालमा जस्तो बिद्यालय छ त्यही पढ्ने हो । हेर्नुस् तपाई बढी बोल्दै हुनुहुन्छ । काहाबाट ल्याउने अक्सर्पोट बिद्याालय?”
अहिले उनै ढकाल प्रधानमन्त्री देउवा विरुद्ध डडेल्धुराबाटै निर्वाचनमा होमिने भएका हुन् ।
ढकालले २०७९ साउन १२ गते बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र डडेल्धुरा पुगेका ढकाल पेशाले इन्जिनियर हुन् भने बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।
उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको र आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताएका हुन्।
पाँच वर्ष पहिले आफूलाई झपारेका व्यक्तिलाई नै ढकालले चुनौती दिदै प्रधानमन्त्री देउवालाई हजुरबुबाका रूपमा सम्बोधन गरेर व्यङ्ग समेत गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्