बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केहिबेर अघि १० हजार ३ मतको गणना हुँदा राप्रपाले अग्रता पाएको छ।
मतगणनाअनुसार राप्रपका दिपक बहादुर सिंहले ३०६५ मत पाएका छन् ।
गठबन्ध तर्फ नेकपा एसको मिना कुमारी लामाले २९७४ मत पाएकी छन्।
त्यसैगरि नेकपा एमाले तर्फका अनन्त पौडेलले २६८३ मत प्राप्त गरे ।
उप मेयर पदकालागि गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले ४४७२ मत पाएका छन् नेकपा एमाले तर्फबाट सुमित्रा काफ्लेले – ३३३४ राप्रपाको यन्दिरा न्यौपाने डल्लाकोटीले ८९३ मत पाएकी हुन् ।

















प्रतिक्रिया दिनुहोस्