बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा आज बिहान ८ बजेदेखी सुरु भएको हो।
बिहानदेखी नै आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही समय अघि गरिएको ३५३३ मत गणनामा  गठबन्धनका तर्फबाट नेकपा एसकी मिनाकुमारी लामाले १ हजार ६९ मत पाएकी छन् ।
एमालेका अनन्त प्रसाद पौडेलले १ हजार ६६ मत पाएका छन् ।
इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फका दिपक बहादुर सिंहले ९४९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँले  १ हजार ५४२ मत मत प्राप्त गरेका छन्।

नेकपा एमालेकी सुमित्रा काफ्लेले १ हजार २७० राप्रपाकी इन्दिरा न्यौपानेले २७० मत पाएकी छन्।

मेयर पदकोलागि त्रिपक्षिय भिडन्त भएको हो । अन्य पार्टी र स्वतन्त्र उम्मेदवार ओझेल परेका छन्। मत परिणामलाई हेर्दा लामा र पौडेल विच प्रतिस्प्रधा भइरहेको छ ।
मत गणना जारी छ ।