बैसाख ३०गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
मतदाता र परिचयपत्र हराएको निवेदनका आधारमा र नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाईपनि बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गएिको हो ।
मतदानकालागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।
निर्वाचन सफल गराउन सबै मतदान केन्द्रमा कर्मचारीहरू खटिइसकेका छन् ।
निर्वाचनको समयमा हुन सक्ने बिभिन्न अस्वाभाविक गतिविधि नियन्त्रणका लागि सुरक्षका नितिहरु तयारी अवस्थामा रहेको र मौन अवधि शुरु भइसकेकोले प्रहरी प्रशासनको तर्फबाट सूरक्षा व्यवस्था पनि मजबुत बनाइएको छ ।
निर्वाचनकालागि सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनको अवस्था मकवानपुरमा सहज र सुरक्षित गराउन निर्वाचनको तयारी पुरा गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ बताउछन् ।
शान्ति सुरक्षाको व्यवस्था धेरै राम्रो रहेको र मकवानपुरमा भय रहित वातावरणमा बिश्वस्त भएर स्वतन्त्रपूर्वक मतदान गर्न पाइने गरि व्यवस्थित गरिएको र हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका लगायतका स्थानीय तहमा मतगणनाका लागि सीसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना स्थल तयार पारिएको उनको भनाइ छ ।
उनले बताए अनुसार बागमती प्रदेशको राजधानी हेटौंडा सहित जिल्लाका १० स्थानीय तहहरूका सबै मतदान केन्द्रमा निर्वाचनको तयारी पुरा भएको र १ उपमहानगरपालिका, १ नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको मकवानपुरको १ सय ६५ वटा मतदान स्थलको ३ सय ५६ वटा मतदान केन्द्रमा कर्मचारी खटाइएको छ ।
मकवानपुरमा मतदान अधिकृत लगायतको सरकारी कर्मचारीहरूकै समुहले मतदान स्थलसम्म पुगिसकेको र सूरु भइसकेको मौन अवधिमा निषेधित गतिविधि नगर्न सूचित गराइएको श्रेष्ठको भनाई छ ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरू मतदानमा सहभागि हुनेछन् भने मकवानपुरमा कुल मतदातामध्ये १ लाख ४९ जना पुरुष, १ लाख ४४ हजार ९ सय५९ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्की के भन्छन् त? हेनुहोस् ।

















प्रतिक्रिया दिनुहोस्