बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय तहको निर्वाचन सरमर्गी निकै बढेको छ। उम्मेदवारहरु मतदाताको घरदैलोसम्म तँछाड मछाड गर्दै पुगिरहेको क्रमलाई रोक लगाएको छ ।

शुक्रवार हुन गइरहेको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भए पश्चात् राजनीतिक दलहरूले चुनाव प्रचार गर्न, भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

यसैक्रममा राप्रपपा नेपालले एक विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचनमा उत्साहजनक ढंगबाट सहभागी हुन आह्वान गरेको छ ।

 

अध्यक्ष कमल थापा द्धारा हस्ताक्ष गरिएको विज्ञप्ती सहित जारी गरिएको हो ।

यस्तो छ विज्ञप्ती ।।

यही २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उत्साहजनक ढंगबाट सहभागी हुन सम्पूर्ण नेपाली मतदाताहरुलाई हार्दिक आह्वान गर्दछ ।
आफ्नै घर आँगनमा जनताले आफैले चुनेको सरकारको अनुभूति प्राप्त गर्न पाउने सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली प्रजातन्त्रको मेरुदण्ड हो भन्ने राप्रपा नेपालको मान्यता रहेको छ । त्यसैले राप्रपा नेपालले स्थानीय तहको निर्वाचनलाई महत्वका साथ लिएको हो। गत २०७८ फागुन ७ गते मात्र राप्रपा नेपाल पुनर्जागृत भएको र प्रत्येक पालिकामा पार्टी संगठन निर्माण भइनसकेको तथा चुनावको तयारीको निम्ति समयको अभाव भएको हुँदा स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो महत्वाकांक्षा वा अपेक्षा छैन । हामीले संविधान प्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा हाम्रो प्रतिकात्मक उपस्थिति रहेको तथ्यप्रति म यहाँहरुलाई अनुरोध गर्दछु । स्थानीय तहको चुनावमा राप्रपा नेपाल र नेकपा ९एमाले० का बीचमा केही पालिकाहरुमा सामान्य तालमेल भएको छ । अन्य केही पालिकाहरुमा स्वःस्फूर्तरुपमा राप्रपा नेपालका उमेदवारहरु रहेका छन् । यो चुनावमा सामान्य भए पनि हाम्रो सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणाली प्रतिको राप्रपा नेपालको प्रतिवद्धताको धोतक हो । राप्रपा नेपाल समयानुकूल नयाँ नीति र नवीन शैलीमा अघि बढ्नेछ। लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रको मान्यतामा आधारित ुसम्बर्द्धनवादुको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने राप्रपा नेपालको लक्ष्य हो । स्थानीय चुनाव सकिए लगत्तै राप्रपा नेपाल देशव्यापी रुपमा संगठन निर्माण र जनजागरणको महाअभियान लिएर जनताका माझमा जानेछ । २०७९ सालभित्रै संसदका लागि हुने आम चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्नेछौं । यो हाम्रो दृढ संकल्प हो।
राप्रपा नेपाललाई सद्भाव, सहयोग र समर्थनका निम्ति नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु ।