बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय तहको निर्वाचन सरमर्गी निकै बढेको छ। उम्मेदवारहरु मतदाताको घरदैलोसम्म तँछाड मछाड गर्दै पुगिरहेका छन्।

नजिकीदै गरेको निर्वाचनमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग वाइसिएलले प्रतिगमनकारीबाट सचेत आवाश्यक रहेको जनाएको छ ।

वाइसिएलको तर्फबाट स्थानिय तहको निर्वाचनमा सचेत रहनुपर्ने र भयरहित बनाउन आफुहरु खटिने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताएका छन्।

शान्ति सुरक्षा कायम गर्न जिल्लाका बुथहरुमा वाइसिएल परिचालन गर्ने र निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन स्वयंसेवकको रुपमा वाइसिएल परिचालित गरिने बताएका हुन् ।

निर्वाचनको मौन अबधि सुरु भएपछि भित्रीरुपमा हुन सक्ने गलत गतिबिधीहरुमा वाइसिएलले निगरानी राख्ने बताएका हुनु ।
संयोजक ठकुरीले बताए अनुसार १ बुथ २५ युथ भन्ने नारासहित संवेदनशील स्थानहरुमा भने ५० देखि ६० जना परिचालन गर्ने तयारी रहेको छ ।

उनले उमेदवारहरुलाई चौवीसै घण्टा चनाखो रहन आफ्नो स्थानमा भयको बुथमा अनुशासित र संयम भै परिचालन हुन अनुरोध गरेका छन्।