बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय तहको निर्वाचन सरमर्गी निकै बढेको छ। उम्मेदवारहरु मतदाताको घरदैलोसम्म तँछाड मछाड गर्दै पुगिरहेका छन्।
हेटौँडा उपमहानगरपालिकामा मेयर पदमा धेरै जनाले उम्मेदवारी दिए पनि गठबन्धनको तर्फबाट नेकपा एसको मीना कुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, र राप्रपाको तर्फबाट इन्ट्रि मारेका दीपकबहादुर सिंहबीच चर्को प्रतिस्पर्धा हुने चर्चा चलेको छ ।
गठबन्धनले अध्यक्ष केपी ओली नेतृत्व एमालेलाई हराउने भन्दैे नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा अवद्ध व्यक्तीहरु घरघरमा पुगेका छन् ।
गठबन्धनले मेयरको उम्मेदवार बनाएपछि निर्वाचित भएमा गरिने कार्ययोजनाको प्रतिवद्धतापत्र सार्वजनिक गरेर मिना कुमारी लामाले प्रतिवद्धता जनाएकी छन् ।
उपमहानगर वासीको चाहाना अनुसार चित्त बुझाएर नै काम गर्ने र समृद्ध उपमहा नगर बनाउन गठबन्धनको जित आवश्यक रहेको लामाको भनाई छ ।
एमाले पक्षका नेता, कार्यकर्ता र उम्मेदवारहरु जनताको काम गर्ने विश्वासीलो र बलियो आफ्नो पार्टी भएका कारण हारको डरले गठबन्धन गरेको भन्दै टिक्का टिप्पणी गरिरहेका छन् ।
अघिल्ला चुनावी परिणामलाई नै आधार बनाएर तीन पटक सम्म हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमालेले यसपालिपनि आफ्नै किल्ला हुने एमालेको दावी छ ।
एमाले तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले सुन्दर शहरको रुपमा पणित गरि हेटौंडालाई देख्नासाथ सबैले आहा भन्ने गरि बिकास गरिने बताएका छन् ।
उपमहानगर बसोबासीलाई रोजगार बनाउने, स्वास्थ्य उपचार खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने र महिला बालबालिका, युवाहरुलाई लक्षित गरि बिभिन्न कार्यक्रमको योजना पनि सञ्चालन गर्ने बताएका छन् ।
यसै विच इन्ट्रि मारेका राप्रपा तर्फका दिपक बहादुर सिंहले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु पनि विकास भएकाले भ्रष्टाचारमुक्त गर्छु भन्दै मेयर पदको उम्मेदवारीमा दिएका छन् ।
उपमहानगरभित्र हुने भ्रष्टाचार न्युनीकरणको प्रयास गर्ने र विभिन्न बहानामा लिने गरेको करमा ५० प्रतिशतसम्म छुट गर्ने, वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने भनेका छन् ।
यसैविच संजिव खराल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल , रमेश मान सिंह नेपाल मजदुर किसान पार्टी,सृजना बर्तौला मौलिक जरोकिलो पार्टी, उत्तर कुमार दुलाल , केशव घर्ती नेकपा माले, अयोध्या कुमार भट्टराई, नेकपा समाजवादी रोमनाथ भूर्तेल ,सचेत नेपाली पार्टी राम प्रसाद गौतम, उन्नत लोकतन्त्र पार्टी, र स्वतन्त्रमा लिला कुमारी आचार्य बबिता, देवराज पौडेल, संजय खरेल, प्रदिप ढकाल , विश्वनाथ पाण्डे कविराज पाठक पनि छन् ।
चर्चा बटुल्दै त्रिपक्ष भिडन्तर्मा अन्य दल र स्वतत्र उम्मेदवारहरु पनि थपिएका छन् भने नतिजा प्राप्त गर्न चुनाव सकिएपछि नतिजा नै कुर्नु बाहेक अरु बिकल्प छैन ।
.

















प्रतिक्रिया दिनुहोस्