बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् ।
राजनितिदल तर्फबाट र स्वतन्त्र बागी उम्मेदवारी समेत दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारहरु योजना र अभियान सहित मतदाताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरमा मौलिक जरोकिलो पार्टीको तर्फबाट मेयर पदकालागि सृजना बर्तौला र उपमेयर पदकालागि सुनिल धिमिरे मौलिकता सहितको लागि भन्दै कार्ययोजनाको संकल्प पत्र सहित मतदाताको घरघरमा पुगेका छन् ।

आफुहरुले नेतृत्व गर्न पाएमा हरेक वडामा परामर्श केन्द्रको स्थापना गरिहेटौडाउपमहानगरलाई स्वास्थ्यमा स्वनिर्भर श्रमदान कार्यक्रम सञ्चालन गरेर गुणस्तरीय तथा अन्तरदृष्टिय शिक्षण प्रणाली लागु गरिने बताएका हुन् ।

अध्ययन, अनुसन्धान तथा आविष्कार केन्द्रको स्थापना गरि घरघरमै स्वास्थ्य सेवा तथा वृद्धभत्ता कार्यक्रम सञ्चालन घटना दर्ता लगायतका कार्यहरूमा लगाइएको अत्यधिक कर हटाई निःशुल्क गरि विदेशी उत्पादनलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रोत्साहन, प्रवर्द्धन र बजार व्यवस्थापन स्थानीय कृषि उत्पादनमा वृद्धि गर्नको लागि कृषकलाई तालिम, विऊ तथा मल वितरण, प्रवर्द्धनको योजना रहेको उल्लेख गरेका हुन् ।

 

हेर्नुहोस् संकल्प पत्रमा के के लेखिएको छ ।।

jarokilo parti- sankalpa patra