बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारमा आफूनै योग्य भएको भन्दै दावी समेत गरिरहेका छन्।
पार्टीको तर्फबाट पनि उम्मेदवारको नाम सिफरिस समेत गरिरहेका छन् ।

यसैविच स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्षमा संजीव पाठक सहित ४ वडा सदस्यका लगि नेकपा माओवादी केन्द्रले सिफारिस गरेको छ ।

मनहरी गाउँपालीकाको अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका पाठकलाई स्थानीय निर्वाचनका लागि मनहरी ३ नं. वडा कमिटीको सोमबार बसेको बैठकमा वडाध्यक्ष सहित ४ वडा सदस्यको उमेद्धवार टुङ्गो लगाएर अघि सार्ने भएको हो ।

कमिटिले वडाध्यक्षमा पाठक सहित सदस्यहरुमा उमेश गौतम , पुर्ण बहादुर घलान(सुरेन्द्र), चमेलीमाया रुम्बा र उर्मीला सुनारलाई सर्वसम्मत अघि सारेको मनहरी ३ नं. वडा कमिटीले जनाएको छ ।

 

अध्यक्ष पदमा आकांक्षी रहेका पाठकले आफु माओबादीको सच्चा व्यक्ती भएकाले पार्टिको निर्देशनको पालना गरेर वडाअध्यक्षको लागि राजी भएको बताए ।

उनले राजनितिमा लागेर हरेक क्षेत्रबाट सामाजिक कार्यमा रमाउने बानी परेको उल्लेख गर्दै राजनिती क्षेत्रमा काम गरेको अनुभव र शैक्षिक क्षेत्रमा पाएको ज्ञानले जनताकै सेवामा रहने बताए ।

हाल जिल्ला समन्वय समिती सदस्य मओबादी केन्द्र मनहरी गाँउ कमिटिका सचिवसमेत रहेका पाठले भने “गाउँपालिका अध्यक्षमा आउने सोच हो । हामीले पार्टीको निर्देशन पनि मान्नु पर्छ । त्यसैले वडाध्यमा आउन लागेको हो । म हर समय जनतामाझै हुने छु ।आफु विजयी भएमा जनताकै चाहाना र योजना अनुसारै काम गरेर निराश हुन दिने छैन ।”