नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरिएको छ ।

प्रधान सेनापति शर्माले चिसापानी गढीसहित देशभरका गढीहरुले देशको सिमा रक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै गढी परिसरमा राष्ट्रिय झण्डोतोलनसमेत गरेका छन् ।
लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा भीमफेदी गाउँपालिकाले सक्रियता देखाएकोमा उनले खुशी व्यक्त समेत गरे ।
अब अन्य स्थानमा रहेको विभिन्न गढीलाई पनि संरक्षण गर्न आवश्यक रहेको र नेपाली सेनाले देशभर भएका यस्ता गढीको संरक्षणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आवश्यक सहयोग गर्न तत्पर हुने प्रतिवद्धतासमेत जनाए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका लगायतको उपस्थिति रहेको थियो ।